
सन् २०१७ का ६ महिनालाई हेर्ने हो भने बलिउडले असफलता र सफलताका भारी उस्तैरुपमा बोक्यो। बलिउडको इतिहासमा यो सबैभन्दा रेकर्डधारी ६ महिना पनि हो। सबैभन्दा बढी कमाउने र गुमाउनेको रेकर्ड यही अवधीमा बन्यो।
जो नराम्ररी पछारिए
१. ओके जानु : वर्षको यो फिल्मले सबैभन्दा खराब सुरुवात गर्यो। मणिरत्नमको फिल्म मा आदित्य रोय कपुर र श्रद्ध कपुरको जोडी थियोको मेहनत पानीमा खेर गयो।
२. काबिल-राइस : दुवै खराब प्रमाणित भए। रिपब्लिक डेमा आएका हृतिक रोशन र शाहरुख खानका दुवै फिल्ममा पर्याप्त 'मसला' भए पनि कुनै प्रभाव पारेनन्। एकैपटक रिलिज नभएको भए सायद दुवैले राम्रो परिणाम लिन सक्थे।
३. रङ्गुन :विशाल भारद्वाजको यो फिल्मले कमाउनु त टाढाको कुरा को प्रोड्युसर भियाकमले करिब ६५ करोड गुमायो। निर्देशक भारद्वाजका लागि यो सबैभन्दा असफलमध्येको एक हो।
४. रवता : पुनर्जन्मको कथा यसपटक विकेन। दिनेश विजनको निर्देशकीयले बजारमा कुनै छाप छाडेन।
५ : ट्युवलाइट : सलमान खानको इदमा गएको १० वर्षमा सबैभन्दा कम आम्दानी कुनै फिल्मले गर्योख भने त्यो यही हो। अरु के भन्नु?
जो भए सफल
१. बाहुबली दी कन्क्लुजन : यसले सबै रेकर्ड भत्कायो र बन्यो सबैभन्दा बढी कमाउने फिल्म।२. जोली एलएलबी २ : वकलती पेशालाई आधार बनाएर बनेको अक्षय कुमारको फिल्मले धेरै हिसाबले सफलता पायो। अक्षयको इमेजलाई अझ प्रभावशाली बनायो फिल्मले।
३. बद्रीनाथ की दुल्हनिया : बरुण धवन र आलिया भट्टको जोडी बलिउडमा हिट मेकिङ मेसिन बने। निर्माता करण जोहरका लागि बाहुबलीपछि यो अर्को सफलता थियो।
४. हिन्दी मिडियम : इरफान खानका फिल्म बलिउडमा केही विशेष हुने नै गर्छन्। शिक्षाको विषयमा बनेको फिल्मले बलिउडमा कमर्सियल सफलता पनि उत्तिकै पायो।
५. सचिन – अ बिलियन ड्रिम्स : सचिन तेन्दुल्करको बायो पिक हिट रह्यो।
स्रोत: बलिउडहङ्गामा