PahiloPost

Mar 11, 2025 | २७ फागुन २०८१

आठराई त्रिवेणी गाउँपालिकामा कांग्रेस विजयी



रासस

आठराई त्रिवेणी गाउँपालिकामा कांग्रेस विजयी

ताप्लेजुङ : ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका विश्वनाथ सिटौला विजयी भएका छन्। 

उनी दुई हजार २२७ मत ल्याएर विजयी भए भने निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका लक्ष्मीबहादुर केक्सोले दुई हजार २१४ मत प्राप्त गरे। 

उपाध्यक्षमा एमालेकी मञ्जु भट्टराई दुई हजार १८१ मत ल्याई विजयी भइन् भने प्रतिद्वन्द्वी कांग्रेसकी ममता सुब्बाले दुई हजार २४ मत ल्याइन्। आठराई त्रिवेणी नगरपालिकाको पाँच वडामध्ये दुई वडामा कांग्रेस, दुई वडामा एमाले र एक वडामा नेकपा माओवादी केन्द्र विजयी भएको छ । 

वडा नं १ मा कांग्रेसका पूर्णकुमार सिटौलाको समूह, २ नं वडामा पनि कांग्रेसका सोमप्रसाद विमलीको समूह, ३ नं मा एमालेका देवी खरेलको समूह, ४ नं मा पनि एमालेको डम्बरबहादुर लिम्बूको समूह र वडा नं ५ मा नेकपा माओवादी केन्द्रका सन्तोष लिम्बु विजयी भएका छन्। 

यस्तै मिक्वा गाउँपालिकाको अध्यक्षमा एमालेका रामकुमार सावा विजयी भएका छन्। उनी एक हजार ४८४ मत प्राप्त गरी विजयी भए भने निकटतम् प्रतिद्वन्द्वी कांग्रेसका भक्तबहादुर कार्कीले एक हजार ४५६ मत ल्याए। 

उपाध्यक्षमा कांग्रेसका रद्रकुमारी लिम्बु एक हजार ४८९ मत ल्याई विजयी भइन् भने निकटतम् प्रतिद्वन्द्वी एमालेकी मीना पेदेनले एक हजार ३८२ मत ल्याइन्। रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell