PahiloPost

May 3, 2024 | २१ बैशाख २०८१

निर्वाचन आयोगको निर्देशनः मतपेटिकाको मत सङ्ख्यालाई नै आधार मान्नु



रासस

निर्वाचन आयोगको निर्देशनः मतपेटिकाको मत सङ्ख्यालाई नै आधार मान्नु

काठमाडौँ : निर्वाचन आयोगले स्थानीय तह निर्वाचनको मतगणनाको क्रममा मतपेटिकामा रहेको मतसङ्ख्यालाई नै वास्तविक मतसङ्ख्या मानेर मतगणना अगाडि बढाउन मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतलाई निर्देशन दिएको छ। 

प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवको अध्यक्षतामा आज बसेको आयोगको बैठकले मतपेटिकामा भएका मतसंख्यालाई आधार मानेर मतगणना अगाडि बढाउन निर्देशन दिएको हो।

असार १४ गते दोस्रो चरणमा सम्पन्न गाउँपालिका/नगरपालिका निर्वाचनको मतगणनाको क्रममा कुनै स्थानीय तहमा मतदान अधिकृतले उल्लेख गरेको मतपत्रको सङ्ख्या र मतगणनाको क्रममा देखिएको मतपत्रको सङ्ख्यामा फरक परेका घटना देखिएपछि आयोगले पछिल्लो निर्णय लिएको हो। 

रितपूर्वक मतदान सम्पन्न भई मतपेटिका सिलबन्दी गरिएको र मतपेटिकामा लगाइएका सुरक्षण सिल दुरुस्त रहेकोमा मतपेटिकामा देखिएको मतसङ्ख्यालाई नै वास्तविक मतसङ्ख्या मानेर गणना गर्न सबै निर्वाचन अधिकृत र निर्वाचन अधिकृतलाई निर्देशन दिने निर्णय भएको आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले जानकारी दिए। रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell