
चितवनः जिल्ला प्रहरी कार्यालय चितवनले विभिन्न अभियोगमा पक्राउ परेका सात जना आरोपीलाई शनिबार सार्वजनिक गरेको छ ।
प्रहरीले हत्या, डकैतीलगायतका घटनामा पक्राउ परेकाहरुलाई पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो।
जेठ ४ गते भरतपुर महानगरपालिका वडा नम्बर २५ शुक्रनगरमा गोली प्रहार गरी लुटपाट गर्ने योजकार भनिएका पर्वतको पकुवाका कृष्ण शाही ठकुरीलाई प्रहरीले सार्वजनिक गरेको छ।
ठकुरीलाई शुक्रनगरकी साउनी महतोको घरमा हतियार प्रहार गरी लुटपाट गरेको र उनका छोरा गंगा महतोलाई गोली हानी हत्या गरेको अभियोगमा भारतको दिल्लीबाट पक्राउ गरेको चितवनका प्रहरी प्रमुख प्रहरी उपरीक्षक दिपक थापाले जानकारी दिए।
त्यसैगरी प्रहरीले लागूऔषध चरेसका मुख्य कारोबारी बाराको जितपुर सिमराका मोजहर मन्सुर, चोरीको मोटरसाइलकसहित पक्राउ परेका बाराको कोल्बीका रुपनारायण पंजिकार, बिजुली पसलको सामान चोरी गरेको आरोपमा पक्राउ परेका गोरखाका प्रदीप कुमाल, नवलपरासी वर्दघाटका अनुप कार्की, सुनसरी महेन्द्रनगरका मनिक कार्की र तनहुँका बलराम केसीलाई प्रहरीले सार्वजनिक गरेको हो ।