PahiloPost

Jun 20, 2025 | ६ असार २०८२

विराटनगर महानगरसहित मोरङका ७ नगरपालिकामा काङ्ग्रेसको अग्रता



पहिलोपोस्ट

विराटनगर महानगरसहित मोरङका ७ नगरपालिकामा काङ्ग्रेसको अग्रता

विराटनगरः स्थानीय तहको निर्वाचनमा विराटनगर महानगरपालिकामा नेपाली काङ्ग्रेसले आफ्नो अग्रता कायमै राखेको छ। अन्य ८ नगरपालिकामध्ये ७ मा कांग्रेस र एमालेले १ मा मात्रै अग्रता कायम राखेको छ।

महानगरको पछिल्लो परिणामअनुसार मेयरमा कांग्रेसका भीम पराजुलीले २ हजार ५ सय ४१ मत प्राप्त  गरेका गरेका छन् । एमालेका विनोद ढकालले १ हजार ८ सय ६ मत प्राप्त गरेका छन्।

महानगरको उपमेयरमा कांग्रेसकै इन्दिरा कार्कीले २ हजार १ सय ७२ मत प्राप्त गरेकी छन् भने  माओवादी केन्द्रकी नमिता न्यौपानेले १ हजार १२ मत प्राप्त गरेकी छन्।

नेपाली काङ्ग्रेसले अग्रता हासिल गरेका नगरपालिकामा बेलबारी, लेटाङ, उर्लाबारी, रतुवामाई, रङ्गेली, सुन्दरहरैँचा र सुनबर्सी छन । एमालेले पथरीशनिश्चरे नगरपालिकामा मात्र अग्रता कायम गरेको छ।

पथरी शनिश्चरेको प्रमुखमा एमालेका किशोर राईले ३ हजार १ सय ७ र कांग्रेस गणेश खड्काले १ हजार ९ सय ५ मत प्राप्त गरेका छन्। 
बेलबारी नगरपालिका प्रमुखमा  नेपाली काङ्ग्रेसका राजकुमार लिम्बूले ३ हजार १६ र एमालेका ज्ञानेन्द्र सुवेदीले २ हजार ८ सय १६ मत प्राप्त गरेका छन्।

त्यस्तै, लेटाङ नगरपालिकाको प्रमुखमा कांग्रेसका शङ्कर राईले २ हजार ७ सय ९२ र एमालेका भूपेन्द्र लावतीले २ हजार ६ सय ६८ मत ल्याएका छन्।

उर्लाबारी नगरपालिकाको प्रमुखमा कांग्रेसका खड्ग फागोको २ हजार ६५ र एमालेका भूपालमानसिंह राईको १ हजार ८ सय ५० मत छ। 
रङ्गेलीको पछिल्लो परिणामअनुसार कांग्रेसका मोदराज घिमिरेले १ हजार ८ सय १२  र माओवादी केन्द्रका  दिलीप अग्रवालले १ हजार ४ सय ८८ मत प्राप्त गरेका छन्। 

त्यस्तै, सुनबर्सी नगरपालिकामा कांग्रेसका कालीप्रसाद दासले १ हजार ८ सय ९२ र एमालेका मोहम्मद हसन इमामले १ हजार ६ सय ९ मत प्राप्त गरेका छन्।

रतुवामाई नगरपालिकामा कांग्रेसका रबिन राईले ४ हजार ४ सय १० र एमालेका टेकेन्द्र पोमुले ४ हजार ९५ ६४ मत ल्याएका छन्। 

त्यस्तै सुन्दरहरैँचा नगरपालिकामा कांग्रेसका शिवप्रसाद ढकालले ७ हजार २ सय ४८ र एमालेका केदार गुरागाईंले ६ हजार ७ सय २५ मत प्राप्त गरेका छन्। 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell