
चीन : चीनको मध्यभागमा पर्ने हुनान प्रदेशमा लगातारको भीषण वर्षापछिको बाढीपहिरोका कारण दुई लाख ६० हजार भन्दाबढी बासिन्दा विस्थापित भएका छन्।
जुन २२ तारिखदेखि बाढीपहिरोको प्रकोप सुरु भएको प्रान्तीय बाढी नियन्त्रण कार्यालयका अधिकारीले जानकारी दिएका छन्।
हुनान प्रदेशको सिआङजीआङ र जिजिआङ नदी सो भारी बर्षाको कारण आएको बाढीबाट अत्यन्त प्रभावित भएको प्रान्तीय बाढी नियन्त्रण र अनावृष्टि उद्धार कार्यालयले जनाएको छ।
शुक्रबार अपराहन्न मात्रै ५८ हजार विस्थापित भएका छन्। राजमार्ग र विद्युत सेवासमेत अवरुद्ध भएका छन्। रासस/सिन्ह्वा