PahiloPost

Jun 20, 2025 | ६ असार २०८२

एसियन पारा तेक्वान्दोमा नेपालकी रन्जनालाई कास्य



पहिलोपोस्ट

एसियन पारा तेक्वान्दोमा नेपालकी रन्जनालाई कास्य

काठमाडौं: नेपालकी रन्जना धामीले तेस्रो एसियन पारा तेक्वान्दो च्याम्पियनसिपमा कास्य पदक हात पारेकी छिन्।  कोरियाको छुनछुन शहरमा भएको च्याम्पियनसिपको ४९ केजी तौलसमुह अन्तर्गत के–५५ विधामा रन्जनाले कास्य पदक हात पारेको पारा तेक्वान्दो प्रशिक्षक कल्याण कुँवरले बताए।

रन्जना सेमिफाइनमा मंगोलियाकी खुरेलबातर इन्खतुयासँग १४–६ ले पराजित भएपछि कास्य पदकमै सिमित भइन्। खुरेलबातर उक्त विधामा स्वर्ण जित्नुका साथै च्याम्पियनसिपको बेस्ट फाइटर समेत चुनिएकी प्रशिक्षक कुँवरले बताए।

पुरुषको ७५ तौल अन्तर्गत के–४२ विधामा रोहित राई क्वाटरफाइनलमा इरानका जफर्जादेह महमोदसँग पराजित भएपछि पदकविहिन भए। यसअघी रोहितले कोरियाका जाङ योन योलाई हराउँदै क्वाटरफाइनलको यात्रा तय गरेको प्रशिक्षक कविराज नेगी लामाले बताए।

महिलाको ५८ केजी तौलसमुहको के–४४ मा नेपालकी पलेसा गोवर्धन टर्कीकी अनुभवी खेलाडी गुलदल गाम्जीसँग पराजित भइन्।

प्रशिक्षक कविराज नेगी लामाले धेरै अनुभवी विदेशि खेलाडीविरुद्ध नेपाली खेलाडीले कडा चुनौती दिनु नै नेपालको लागि राम्रो संकेत मान्नुपर्ने प्रतिक्रिया दिए।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell