PahiloPost

Jun 30, 2026 | १६ असार २०८३

थाइल्यान्डमा नेपाली युवा बक्सर ग्याल्जेन र विशाल पराजित



पहिलोपोस्ट

थाइल्यान्डमा नेपाली युवा बक्सर ग्याल्जेन र विशाल पराजित

काठमाडौं : थाइल्यान्डको राजधानी बैंककमा भएको एएसबिसि युथ बक्सिङमा च्याम्पियनसिपमा नेपाली युवा बक्सर मिङमार ग्याल्जेन शेर्पा र विशाल श्रेष्ठ पराजित भएका छन्।

शनिबार भएको च्याम्पियनसिपको ५२ केजी तौलसमुहमा ग्याल्जेन काजकिस्तानका खेलाडी एबेक डोसानोभसँत तेस्रो राउन्डमा पराजित भएका थिए। अर्का युवा बक्सर विशाल ७५ केजी तौल समुहमा काजकिस्तानकै खेलाडी यात मजियाभासँग पराजित भएको नेपाल बक्सिङ संघका सदस्य श्याम अवालेले जानकारी दिए।

१७–१८ वर्ष ननाघेका एसियाली राष्ट्रका युवा बक्सर सहभागी च्याम्पियनसिपमा नेपालको तर्फबाट सहभागी तीन युवा बक्सर मध्ये दुईको चुनौती समाप्त भइसकेको छ।

नेपाली टोलीलाई प्रशिक्षकमा डम्बरबहादुर लिम्बू र दीपक महर्जनले बैंककमा प्रशिक्षण दिएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell