PahiloPost

May 18, 2024 | ५ जेठ २०८१

७० नाघेका पाँच वरिष्ठ कलाकारले झम्सिखेलमा सुरु गरे नयाँ आर्ट ग्यालरी

७० नाघेका पाँच वरिष्ठ कलाकारले झम्सिखेलमा सुरु गरे नयाँ आर्ट ग्यालरी

समर्थ रञ्जित/पहिलोपोस्ट


७० नाघेका पाँच कलाकारहरुले ललितपुरको झम्सिखेलमा नयाँ आर्ट ग्यालरी सुरु गरेका छन्। म्युजिक एन्ड आर्ट ग्यालरी नाम राखिएको यो ग्यालरीलाई उत्तम नेपाली, मदन चित्रकार, शशी शाह, कृष्ण मानन्धर र श्यामलाल श्रेष्ठले सुरु गरेका हुन्। 

लखनउबाट सुरुवाती प्रशिक्षण लिएका ८३ वर्षीय उत्तम नेपाली एब्सट्रयाक्ट आर्टका लागि प्रख्यात छन्। त्यस्तै ७० वर्षीय मदन चित्रकारले बम्बेको सर जेजे इन्स्टिच्युट अफ अप्लाइड आर्टबाट ग्राजुएट गरेका थिए। उनले आर्टसम्बन्धी कयौँ किताब लेखेका छन्। 

७७ वर्षीय शशी शाहको घोडाको चित्र सर्वप्रख्यात छ भने ७० वर्षीय कृष्ण मानन्धर सुरुमा एब्सट्र्याक्ट कलाबाटै प्रख्यात भएका थिए। ७० वर्षका श्यामलाल श्रेष्ठ यो समूहमा रहेका अर्का प्रख्यात कलाकार हुन्। 



 
८३ वर्षीय उत्तम नेपाली
७० वर्षीय मदन चित्रकार
७७ वर्षीय शशी शाह
७० वर्षीय कृष्ण मानन्धर
७० वर्षका श्यामलाल श्रेष्ठ


ट्रेन्डिङ पोस्ट

Ncell