PahiloPost

Jun 20, 2025 | ६ असार २०८२

सोलुदूधकुण्ड नगरको मेयरमा कांग्रेस र उपमेयरमा एमाले विजयी



पहिलोपोस्ट

सोलुदूधकुण्ड नगरको मेयरमा कांग्रेस र उपमेयरमा एमाले विजयी

सोलुखुम्बु सोलुखुम्बुको एक मात्र नगरपालिका सोलुदूधकुण्ड नगरपालिकाको प्रमुख पदमा नेपाली कांग्रेसका नाम्गेल जाङबु शेर्पा निर्वाचित भएका छन्। उपप्रमुखमा नेकपा एमालेकी कल्पना राई निर्वाचित भएकी छन्।

गएराति अबेर सम्पन्न मतगणनाको परिणामअनुसार कांग्रेसका तर्फबाट प्रमुख पदका उम्मेदवार नाम्गेल जाङबु शेर्पाले दुई हजार ७५१ मत प्राप्त गरेर विजय प्राप्त गरे। उनका निकटतम प्रतिद्वन्द्वी एमालेका आङ इगेले झलक शेर्पाले दुई हजार ६०१ मत प्राप्त गरे।

यस्तै उपप्रमुख पदमा नेकपा एमालेका कल्पना राईले दुई हजार ७६० मत प्राप्त गरेर विजय प्राप्त गरिन। उनकी निकटतम प्रतिद्वन्द्वी कांग्रेस उम्मेदवार छिन्डिल्हामु शेर्पाले दुई हजार ७१७ मत प्राप्त गरिन्।

नगरपालिकाको वडास्तरमा पनि काँग्रेस र एमालेको मिश्रित नतिजा प्राप्त भएको छ। नगरपालिका–१, २, ४ र ९ मा कांग्रेसको प्यानल नै विजय भएको छ भने वडा नम्बर ६, ७, ८ र १० मा एमालेको प्यानल नै विजय भएको छ। वडा नम्बर ३ र ५ मा भने अध्यक्ष पदमा एमाले र बाँकी सदस्य पदमा कांग्रेसले विजय प्राप्त गरेको छ। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell