PahiloPost

Jul 16, 2025 | १ साउन २०८२

त्रिशूलीमा खसेर एकजना बेपत्ता



पहिलोपोस्ट

रत्ननगर: चितवनको इच्छाकामना गाउँपालिका–५ मुग्लिन नजिकै एक व्यक्ति चिप्लिएर लड्दा त्रिशूलीमा खसेर बेपत्ता भएका छन्।

बिवाहका लागि काठमाडौँबाट नवलपरासीको दलदले आउँदै गरेको लु१ख ९८८१ नंको गाडीमा सवार जन्तीसँगै रहेका करिब ४५ वर्षीय रञ्जन चापागार्इं सडकछेउबाट चिप्लिएर त्रिशूली नदीमा खसेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।

प्रहरीका अनुसार बिहान ५ः४५ मिनेटको समयमा लडेका उनको अवस्था अज्ञात छ। जाम परेर गाडी रोकिएका बेला बाहिर निस्किएका उनी सडकछेउबाट चिप्लिएर लडेको प्रत्यक्षदर्शीलाई उद्धृत गर्दै प्रहरीले जनाएको छ। इलाका प्रहरी कार्यालय मुग्लिनका अनुसार उनी पिसाब फेर्न लाग्दा लडेको अनुमान गरिएको छ। अहिले उनको खोजी भइरहेको प्रहरी उपरीक्षक दीपक थापाले जानकारी दिए। घटनास्थल मुग्लिन र कुरिनटारको बीचमा पर्छ।

यसअघि, शुक्रबार र शनिबार पनि कालीखोला नजिकै चिप्लिएर लड्दा एक जनाको पहिरोमा परेर मृत्यु भएको थियो भने अर्का एकजना बेपत्ता नै छन्। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell