PahiloPost

Jul 10, 2025 | २६ असार २०८२

पाल्पामा कुन स्थानीय तह कसले जित्यो? हेर्नुस् नतिजा



पहिलोपोस्ट

पाल्पामा कुन स्थानीय तह कसले जित्यो? हेर्नुस् नतिजा

पाल्पा: पाल्पाको तानसेन नगरपालिकाको प्रमुख र उपप्रमुखमा नेकपा एमालेले विजय हासिल गरेको छ।

प्रमुखमा नेकपा एमालेका अशोककुमार शाहीले १० हजार ४५० र उपाध्यक्षमा एमालेकै लक्ष्मी पाठक नौ हजार ७५३ मत ल्याई विजय भएका छन्। प्रमुखका प्रतिद्वन्द्वी नेपाली काँग्रेसका अजयमान कर्माचार्य आठ हजार ०६७ र उपप्रमुखमा नेकाकै लालु रानाले आठ हजार ३८९ मत प्राप्त गरेका थिए।


बगनासकालीमा अध्यक्ष काँग्रेस विजय

बगनासकाली गाउँपालिका अध्यक्षमा नेपाली काँग्रेसका कृष्ण बस्याल विजय भएका छन्। बस्यालले पाँच हजार ५९४ र उपाध्यक्षमा नेकपा एमालेका सरस्वती चिदीले पाँच हजार ५०५ मत प्राप्त गरी विजय भएका हुन्। बस्यालका निकटम नेकपा एमालेका देवी बस्यालले पाँच हजार ३४६ मत र उपाध्यक्षमा नेकपा माओवादीका कृष्ण भुषालले चार हजार ०५६ मत प्राप्त गरे।


रैनादेवीमा काँग्रेस विजय

रैनादेवी छहरा गाउँपालिकामा नेका विजय भएको छ। गाउँपालिका अध्यक्षमा नेकाका रामबहादुर कार्की र उपाध्यक्षमा काँग्रेसकै चेतना गाहा विजय भएको निर्वाचन अधिकृत यादवराज शर्माले जानकारी दिए। नेकाका कार्की पाँच हजार १४६ र चार हजार ९४३ मत प्राप्त गरी विजय भएका हुन्।

 

रिब्दीकोटमा एमाले विजय

रिब्दीकोट गाउँपालिकामा अध्यक्षमा नेकपा एमालेका नारायण जिसी र उपाध्यक्षमा एमालेकै लक्ष्मी खनाल विजय भएका छन्। जिसीले तीन हजार ८३ र खनालले तीन हजार ८८१ मत प्राप्त विजय हासिल गरेका छन्। अध्यक्षका प्रतिस्पर्धी नेकपा माओवादी केन्द्रका लीलाबहादुर कार्कीले दुई हजार ८४८ मत र नेकाका कमला छहरीको दुई हजार ८९९ मत प्राप्त गरे।

 

माथागढीमा काँग्रेस विजय

माथागढी गाउँपालिकाको अध्यक्षमा काँग्रेसका सन्तोषकुमार थापा विजयी र उपाध्यक्षमा निर्मला भट्टराई विजयी भएका छन्। अध्यक्ष थापाले ६ हजार ९६ मत पाएका छन्। उनका प्रतिस्पर्धी नेकपा एमालेका बिमल काफ्लेले चार हजार २१ मत ल्याएका छन्। उपाध्यक्ष भट्टराईले पाँच हजार ६२४ मत ल्याएर विजयी भएकी हुन्। निकटतम प्रतिस्पर्धी एमालेका माया चिदीले चार हजार १०१ मत प्राप्त गरिन।

 

तिनाहुँ गाउँपालिकामा एमाले विजय

तिनाहुँ गाउँपालिकाको अध्यक्षमा एमालेका यमबहादुर घर्ती दुई हजार ८१९ मत ल्याई विजयी भएका छन्। उनका प्रतिस्पर्धी नेकाका महेन्द्र पाण्डेयले दुई हजार ७०७ मत पाए। गाउँपालिकाको उपाध्यक्षमा एमालेका दमन्ती थापा विजयी भएकी छन्। उनले दुई हजार ८७५ मत ल्याएकी छन्। उनकी प्रतिस्पर्धी नेकाका मन कार्कीले दुई हजार ६८६ मत पाइन्।

 

पूर्वखोला गाउँपालिकामा एमाले विजय

पूर्वखोला गाउँपालिकाको अध्यक्षमा एमालेका नुनबहादुर थापाले आठ हजार ८३६ मत ल्याएर विजयी भएका छन्। उनका प्रतिस्पर्धी नेकाका झमनराज मगरले एक हजार ३२ मत ल्याए। गाउँपालिकाको उपाध्यक्षमा नेकपा एमालेका भागिरथी भट्टराईले पाँच हजार ४०० मत ल्याई विजयी हासिल गरिन। उनकी प्रतिस्पर्धी नेकाका पुष्पा गाहाले एक हजार १४३ मत पाइन।

 

निस्दीमा एमाले विजय

निस्दी गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका मुक्तबहादुर सारु विजयी भएका छन्। उनले पाँच हजार ३२० मत पाए। उनका प्रतिस्पर्धी नेकाका शालिकराम पाण्डेयले दुई हजार २५३ मत ल्याए। यस्तै, गाउँपालिकाको उपाध्यक्षमा एमालेकै रीता अर्याल निर्वाचित भएकी छन्। अर्यालले पाँच हजार २५६ मत पाएकी छन्। उनका प्रतिस्पर्धी नेकपा माओवादी केन्द्रका बलु गैरेले दुई हजार १८५ मत पाएकी छन्।

 

रम्भा गाउँपालिकामा एमाले

रम्भा गाउँपालिकाको गाउँ अध्यक्षमा नेकपा एमालेका विष्णुप्रसाद भण्डारी विजयी भएका छन्। उनी चार हजार ७६७ मत ल्याई विजयी भए। उनका प्रतिस्पर्धी नेपाली काँग्रेसका अशोक फालले चार हजार ९८ मत पाए।

गाउँपालिकाको उपाध्यक्षमा एमालेकै राधा श्रेष्ठले चार हजार ७८६ मत ल्याई विजयी भएकी छन्। निकटतम प्रतिस्पर्धी नेपाली काँग्रेसका विष्णुमाया सिञ्जालीले चार हजार १३९ मत पाइन्। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell