
काठमाडौँ: दोस्रो चरणको स्थानीय तह निर्वाचनका लागि तीन साता स्थगित व्यवस्थापिका संसद्को बैठक आज बस्दैछ। संसद् बैठकका लागि निर्वाचनमा जिल्ला गएको धेरै सांसद्हरु फर्किसकेका छन्।
आइतबारको संसद्मा एमाले सांसद् महिन लिम्वुको निधनमा शोक प्रस्ताव पारित गर्ने कार्यसूची छ। बाहलवाला सांसद् लिम्वुको असार १० गते निधन भएको थियो। क्यान्सरपीडित लिम्वुको धरानमा उपचारका क्रममा निधन भएको थियो।
बाहलवाला सांसदको निधनमा शोक प्रस्ताव पारित गरेपछि बैठक अर्को दिनसम्म स्थगित गर्ने संसदमा अभ्यास छ। संसद सचिवालयका अनुसार संसदमा सोमबारदेखि बार्षिक बजेटका विधेयकमाथि छलफल हुनेछ।