PahiloPost

Jan 18, 2026 | ५ माघ २०८२

बैतडीको पाटन र कञ्चनपुरको महाकाली नगरपालिकामा कांग्रेस विजयी



पहिलोपोस्ट

बैतडीको पाटन र कञ्चनपुरको महाकाली नगरपालिकामा कांग्रेस विजयी

बैतडी: बैतडीको पाटन नगरपालिकामा नेपाली काँग्रेसले विजय प्राप्त गरेको छ। नगरपालिका प्रमुखमा नेकाका केशवबहादुर चन्दले चार हजार ८३३ मत प्राप्त गरी विजयी भएका हुन्।  

त्यसैगरी उपप्रमुखमा नेकाकै सरस्वती कोली तीन हजार ६९५ मत प्राप्त गरी विजयी भएकी छन्। उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका दुरा भट्टराईले तीन हजार ४५६ मत प्राप्त गरिन्।

त्यसैगरी, नपा प्रमुखको प्रतिद्वन्द्वीका नेकपा एमालेका नरेश विश्वकर्माले तीन हजार ३८२ मत प्राप्त गरे। उक्त नगरपालिकाका वडाध्यक्षमा वडा नं २, ५, ६ र ८ मा नेकाले विजय हासिल गरेको छ।

त्यसैगरी, नेकपा एमालेले वडा नं ४, ७, ९ र १० मा विजय हासिल गरेको छ । यस्तै माओवादी केन्द्रले वडा नं १ र ३ मा विजयी भएको निर्वाचन कार्यालयले जानकारी दिएको छ।

यस्तै कञ्चनपुरको महाकाली नगरपालिकाको प्रमुखमा नेपाली काँग्रेसका वीरबहादुर सुनार पाँच हजार १३४ मत प्राप्त गरी विजयी भएका छन्। उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका किशोर लिम्बूले चार हजार ७१६ मत प्राप्त गरे।

यसैगरी, उपप्रमुखमा नेकपा एमालेका चिनी गिरी पाँच हजार २७७ मत ल्याएर विजयी भएकी छन्। निकटतम प्रतिद्वन्द्वी नेकाका गङ्गा जोशीले चार हजार ३७१ मत प्राप्त गरिन्।

महाकाली नगरपालिकामा कुल १३ हजार ८५८ मत खसेको थियो। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell