PahiloPost

Jun 20, 2025 | ६ असार २०८२

काँग्रेस र माओवादी गठबन्धनलाई पराजित गर्दै ताप्लेजुङको फुङलिन नगरमा एमाले विजयी



पहिलोपोस्ट

काँग्रेस र माओवादी गठबन्धनलाई पराजित गर्दै ताप्लेजुङको फुङलिन नगरमा एमाले विजयी

ताप्लेजुङ: ताप्लेजुङ जिल्लाको एक मात्र फुङलिन नगरपालिकामा नेकपा एमाले विजयी भएको छ। एमालेका नगरप्रमुखका उम्मेदवार छत्रपति प्याकुरेलले तीन हजार ८९८ मत प्राप्त गरी विजयी भएका हुन्।

त्यसैगरी, उपप्रमुखमा नेकपा माओवादी केन्द्र विजयी भएको छ। केन्द्रका उपप्रमुखका उम्मेदवार बमबहादुर भट्टराईले तीन हजार १२९ मत प्राप्त गरी विजयी भएका हुन्। नगर प्रमुखको प्रतिद्वन्द्वीमा नेकाका केशवप्रसाद दाहालले तीन हजार ६०६ मत प्राप्त गरे। त्यसैगरी उपप्रमुखका प्रतिद्वन्द्वीमा नेकपा एमालेका विमल सुब्बाले दुई हजार ९१५ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

उक्त नगरपालिकाका ११ वडामध्ये काँग्रेस ३, ६, ७, ८ र ९ वडामा विजयी भएको छ। एमाले १, २, ५ र १० वडामा विजयी भएको छ। त्यस्तैगरी माओवादीले वडा नं ४ र ११ मा जित हासिल गरेको छ। उक्त नगरपालिकामा काँग्रेस र नेकपा माओवादी केन्द्रबीच गठबन्धन गरी निर्वाचनमा उम्मेदवारी दिएका थिए। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell