PahiloPost

Jul 14, 2025 | ३० असार २०८२

शम्भुजित बास्कोटालाई ‘लाईफटाईम लिजेन्ड्री’ अवार्ड



पहिलोपोस्ट

शम्भुजित बास्कोटालाई ‘लाईफटाईम लिजेन्ड्री’ अवार्ड

काठमाडौं: छायाँछवि डिसिने अवार्ड २०७४ अन्तर्गत ‘लाईफटाईम लिजेन्ड्री अवार्ड’बाट बरिष्ठ संगीतकार गायक शम्भुजित बास्कोटा सम्मानित हुने भएका छन्। चार दशकदेखि संगीत क्षेत्रमा लागेर नेपाली संगीतको संरक्षण, प्रवर्धन र विकाशमा योगदान पुर्‍याएकाले उनलाई सम्मानित गर्न लागेको बताइएको छ।

बास्कोटाले एक दर्जन भन्दा बढी फिल्ममा कथा, तीन सय फिल्ममा संगीत, चार हजार भन्दा बढी गीतमा संगीत र शब्द र स्वर दिएका छन्। बासकोटा हाल नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका उपकुलपति हुन्। त्यस्तै ‘छायाँछवि चलचित्रकर्मी रजत सम्मान–२०७३’बाट पुरुष तर्फ अभिनेता सरोज खनाल र महिलातर्फ अभिनेत्री रुपा राना सम्मानित हुने भएका छन्। यी दुबै कलाकार तीन दशक देखि रंगमञ्च तथा सनोपर्दाकामा पनि सक्रिय छन्।

‘छायाँछवि चलचित्र पत्रकारिता पुरस्कार–२०७४’बाट भने पत्रकार लक्ष्मण सुवेदीलाई पुरस्कृत हुने भएका छन्। डेढ दशकदेखि फिल्म पत्रकारितामा निरन्तर लागेका सुवेदी फिल्म तथा मनोरञ्जन विटमा कलम चलाउँछन्। हाल नयाँ पत्रिकामा उपसम्पादकका रुपमा कार्यरत सुवेदीलाई ९ हजार ९ सय ९९ रुपैयाँ र ताम्रपत्रबाट पुरस्कृत गरिने भएको हो।

असार २२मा हेटौंडाका ओम्याक्स सिनेमा हलमा ‘नवौं डि सिने अवार्ड–२०७४’ आयोजना हुँदैछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell