PahiloPost

Apr 29, 2025 | १६ बैशाख २०८२

विराटनगर महानगरमा काँग्रेसको अग्रता कायमै



रासस

विराटनगर महानगरमा काँग्रेसको अग्रता कायमै
फाइल फोटो

विराटनगर : विराटनगर महानगरपालिकाको मतगणनामा नेपाली कांग्रेसका प्रमुखका उम्मेदवार भीम पराजुलीले तीन हजार ८७३, नेकपा (एमाले)का विनोदकुमार ढकालले दुई हजार ७७२ मत र सङ्घीय समाजवादी फोरम नेपालका उमेश यादवले एक हजार ६३१ मत प्राप्त गरेका छन्।

यस्तै, उपप्रमुख पदमा कांग्रेसकी इन्दिरा कार्कीले तीन हजार ३५१, नेकपा (माओवादीकेन्द्र)की नमीता न्यौपानेले एक हजार ६१३ र नेपाल लोकतान्त्रिक फोरमकी सूची चौधरीले एक हजार ५३६ मत प्राप्त गरेका छन्।

यसैबीच, विराटनगर महानगरपालिकाको दक्षिणी भेगका वडाहरुमा ठूलो परिमाणमा मत बदर भएको छ। ती वडामा १५ देखि २० प्रतिशतसम्म मतपत्र बदर भएको अपुष्ट जानकारी प्राप्त भएको छ। सो क्षेत्रका कतिपय मतदाताले मतपत्रमा औँठा छापको पनि प्रयोग गरेका छन्।

यही असार १५ गतेदेखि विराटनगरको १, २, ३, ४, १६ र १८ नं वडाको मतगणना जारी छ। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell