PahiloPost

Mar 11, 2025 | २७ फागुन २०८१

नेचा सल्यान गाउँपालिकामा एमाले विजयी



रासस

नेचा सल्यान गाउँपालिकामा एमाले विजयी

सल्लेरी (सोलुखुम्बु) : सोलुखुम्बुको नेचा सल्यान गाउँपालिकाको प्रमुखमा नेकपा एमालेका डुफकुमार बास्तोला विजयी भएका छन्।

बास्तोलाले एक हजार ६९८ मत ल्याए विजयी भए भने उनका प्रतिद्वन्द्वी नेपाली कांग्रेसका धनजन राईले एक हजार ६५६ मत प्राप्त गरे।

नेचा सल्यानको उपप्रमुखमा कांगेसका कुमारी घिमिरे दुई हजार दुई मतसहित विजयी भइन्।

योसँगै नेकपा एमालेले सोलुखुम्बु जिल्लाको चार स्थानीय तह खुम्बुपासाङ्ग ल्हामु, सोताङ्ग, दूधकोसी तथा नेचा सल्यान गाउँपालिकामा जित दर्ता गराएको छ।

त्यस्तै, नेकपा माओवादी केन्द्रले लिखुपिके तथा महाकुलुङ्ग र कांग्रेसले सोलुदूधकुण्ड नगरपालिका जितेको छ। अब दूधकौशिका गाउँपालिकाको मात्र नतिजा आउन बाँकी रहेको छ। दूधकौशिका गाउँपालिका प्रमुखमा नेकपा माओवादी केन्द्रको अग्रता कायम रहेको छ। उपप्रमुखमा नेकपा एमाले अग्रस्थानमा देखिएको छ।

शनिबार आएको मतपरिणामअनुसार दूधकौशिका गाउँपालिका–३ मा नेकाका भूपाल राई, वडा नं ४ मा नेकाकै नातिकाजी गुरुङ अध्यक्ष सहितको प्यानल विजयी भएको छ। वडा नं ५ मा नेकपा माओवादी केन्द्रका प्रेमकुमार राई अध्यक्ष सहितको पूरै प्यानल विजयी भएको छ । अहिले बिहान ७ बजेबाट २, ६ र ७ वडाको मतगणना सुरु भएको छ। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell