कोहलपुर (बाँके) : जिल्लाको विकट क्षेत्र राप्ती सोनारी गाउँपालिकामा नेपाली कांग्रेसले जितेको छ। नेकाका उम्मेदवार लाहुराम थारूले आठ हजार २३६ मत प्राप्त गरी गाउँपालिकाको प्रमुख पदमा विजयी हासिल गरे। उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका तुलसी थारूले ६ हजार ९०० मत प्राप्त गरेका छन्।
त्यस्तै, उपप्रमुखमा पनि नेकाले नै जित हात पारेको छ। कांग्रेसकी धनीकुमारी खत्रीले ८ हजार २०३ मत प्राप्त गरी विजयी भइन् भनर् उनका प्रतिद्वन्द्वी एमालेकै चमेली बाकवेलीले ६ हजार ९२४ मत प्राप्त गरे।
नौवटा वडा रहेको राप्ती सोनारीमा पाँचवटा वडामा कांग्रेसले जितेको छ। कांग्रेसले वडा नं १, ३, ४, ८ र ९ मा वडाध्यक्षसहित पूरै प्यानल जितेको हो।
नेकपा माओवादी केन्द्रले वडा नं ५, ६ र ७ मा जितेको छ। नेकपा एमालेले २ नं वडा जितेको राप्ती सोनारी गाउँपालिकाका निर्वाचन अधिकृत माधवप्रसाद शर्माले जानकारी दिए। रासस