बैतडी : बैतडी जिल्लाको डिलासैनी गाउँपालिकामा एमाले विजयी भएको छ। अध्यक्ष पदका उम्मेदवार ओकेन्द्र बोराले दुई हजार ६७३ मत प्राप्त गरी विजयी भएका हुन्।
त्यसैगरी, उपाध्यक्षमा नेकपा एमालेकै पार्वती रानाले दुई हजार ६९६ मत प्राप्त गरी विजयी भइन्।
उनीहरुका प्रतिद्वन्द्वी अध्यक्षमा नेपाली कांग्रेसका कर्ण रानाले दुई हजार २५२ मत प्राप्त गरे। यसैगरी, उपाध्यक्षमा नेकाकै जानकी कार्कीले दुई हजार २०८ मत प्राप्त गरेको निर्वाचन कार्यालयले जानकारी दिएको छ । रासस