PahiloPost

Aug 4, 2026 | १९ साउन २०८३

पोखराको पस्र्याङमा पहिरोले घर पुरिंदा एक जनाको मृत्यु



पहिलोपोस्ट

पोखराको पस्र्याङमा पहिरोले घर पुरिंदा एक जनाको मृत्यु

पोखराः अबिरल बर्षाका कारण पोखराको पस्र्याङपाखामा पहिरोले घर पुरिंदा १४ वर्षीय वालकको मृत्यु भएको छ।

पहिरोमा पुरिएर स्याङजा घर भई पोखरा बस्ने १४ वर्षीय टंक क्षेत्रीको मृत्यु भएको प्रहरीले जनाएको छ।

पहिरोले पुरेर सख्त घाइते भएका क्षेत्रीको फिस्टेल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो। ब्लकले बनेको दुई तले कच्चीघर विहान साढे तीन बजे पहिरोमा पुरिएको थियो।

उनीसँगै सुतेकी हजुरआमालगायत परिवारका अन्य सदस्य भने भागेर बच्न सफल भएका थिए।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell