
रसियामा भइरहेको कन्फेडेरेसन कप फुटबलको उपाधिका लागि बज राती विश्व विजेता जर्मनी र चिलीबीच खेल हुँदैछ। फाइनल खेल सेन्ट पिटर्सवर्ग स्टेडियमा हुनेछ।
जर्मनी सेमिफाइनलमा मेक्सिको तथा चिली पोर्चुगललाई पराजित गर्दै पहिलो पटक फाइनल पुगेका हुन्। त्यसैले जसले उपिध जितेपनि नयाँ च्याम्पियन बन्नेछ।
यसअघि नै समूह चरणमा जर्मनी र चिलीले १-१ गोलको बराबरी खेलेका थिए।
२३ वर्षिय युलियन ड्राक्सलरको कप्तानीमा रहेको जर्मनीको टोली युवा भएपनि परिपक्क प्रदर्शन गरिरहेको छ। यता सन् २०१५ र २०१६ को कोपा अमेरिका च्याम्पियन बनेको चिलीमा क्लाउडिययो ब्राभो, एलेस सान्चेज, अर्टुरो भिदाल जस्ता अनुभवी खेलाडीहरु छन्।
ब्राभोको उत्कृष्ट प्रदखर्नशको मद्दतमा चिलिलीले सेमिफाइनलमा पोर्चुगललाई पेनाल्टी सुटबउटमा हराएकमो थियो। जहाँ ब्राभोले पोर्चुगलका ३ खेलाडीको पेनाल्टी रोकेका थिए।
यता विश्व च्याम्पियन बन्दाका अधिकांश खेलाडीहरुलाई आराम दिइएको जर्मन टोलीमा युवा खेलाडीहरुको बाहुल्य छ।
जर्मनीका लागि रसियामा टिमो वेर्नर, लियोन गोरेट्का, ड्राक्सलर, लार्स स्टिन्डल लगायत खेलाडीले उत्कृष्ट प्रदर्शन गरिरहेका छन्।
अनुभवी चिली र युवा जोस रहेको जर्मनीबद्वीको फाइनल खेल रोमाञ्चक हुने अपेक्षा गर्न सकिन्छ।
फाइनल खेल नेपाली समयअनुसार राती पौने १२ बजे हुनेछ। त्यसअघि आजै पोर्चुगल र मेक्सिकोबीच तेस्रो स्थानको लागि मस्कोमा खेल हुनेछ।