PahiloPost

Mar 11, 2025 | २७ फागुन २०८१

यमनमा हैजाबाट मृत्यु हुनेको सङ्ख्या १५ सय पुग्यो



रासस

यमनमा हैजाबाट मृत्यु हुनेको सङ्ख्या १५ सय पुग्यो
फोटो श्रोतःsbs.com.au

सानाः विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) यमनमा फैलिएको हैजाबाट गत अप्रिलयता मृत्यु हुनेको सङ्ख्या एक हजार ५ सय पुगेको बताएको छ । 

डब्लुएचओले हैजाका कारण यमनभर करिब दुई लाख ४६ हजार यमनी जनता बिरामी परेका जनाएको छ। 

यमनस्थित डब्लुएचओ प्रतिनिधि डा नेभिओ जागरियाले सानामा पत्रकार सम्मेलन गरी यमनमा हैजाका शङ्कास्पद बिरामीको सङ्ख्या दोस्रोपटक फैलिएको प्रकोपको सुरुवाती दिनको तुलनामा अहिले दैनिक दश गुनाले बढेको बताए। 

दुई हप्ता पहिले डब्लुएचओले सार्वजनिक गरेको प्रतिवेदनमा प्रकोपका कारण एक हजार ३०० जनाको मृत्यु भएको र करिब दुई लाख शङ्कास्पद बिरामी देखापरेको बताएको थियो। 

साउदी अरब नेतृत्वको दुई वर्ष लामो यमनी हुथी समूहविरुद्धको अभियानमा व्यापक भौतिक संरचनाको क्षति भएको र औषधिलगायतका आधारभूत सामग्रीको अभाव भएका कारण बिरामीको समयमा उपचार हुन सकेको छैन। रासस/एपी 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell