PahiloPost

Mar 11, 2025 | २७ फागुन २०८१

अमेरिकाको लिटिलरकस्थित रात्रि क्लवमा गोली चल्दा १७ जना घाइते



रासस

अमेरिकाको लिटिलरकस्थित रात्रि क्लवमा गोली चल्दा १७ जना घाइते
फोटो श्रोतः america.cgtn.com

लिटिल रकः संयुक्त राज्य अमेरिकाको लिटिल रकस्थित एक रात्रिक्लवमा शनिबार विहानीपख भएको आक्रमणमा १७ जना घाइते भएका त्यहाँको प्रहरीले जनाएको छ। 

सहरको प्रहरी प्रमुख केन्टन बकनरले अमेरिकी अधिकारीले घटनामा धेरै जनाको समूहको सम्लग्नता रहेको भएपनि यसमा आतङ्ककारी समूहको सम्लग्नता भएको हुनसक्ने कुरालाई अस्वीकार गरेका छन्। 

पावर अल्ट्रा लज नाम गरेको क्लव राज्यको राजधानीभन्दा करिब डेढ किलोमिटर टाढा भएको र कन्सर्टमा दुई समूहवीच भएको भडपले उग्ररूप लिँदा घटना भएको प्रहरीको दावी छ। 

घटनामा घाइतेमध्ये सवैजना खतरामुक्त रहेको पनि प्रहरीले ट्वीटरमार्फत जनाएको छ। रासस/ एपी 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell