PahiloPost

Aug 4, 2026 | १९ साउन २०८३

४५ किलो गाँजासहित बारामा ४ जना पक्राउ 



पहिलोपोस्ट

४५ किलो गाँजासहित बारामा ४ जना पक्राउ 

काठमाडौः  प्रहरीले ४५ किलो अवैध लागूऔषध गाँजासहित बारामा ४ जनालाई पक्राउ गरेको छ। 

प्रहरीले बाराको सिमरा उपमहानगरपालिका–३ बजनीबाट ४५ किलो गाँजासहित ४ जनालाई पक्राउ गरेको हो।

इलाका प्रहरी कार्यालय सिमराबाट खटिएको प्रहरी टोलीले गएराति मकवानपुर कैलाश गाउँपालिका ७ का चन्द्रबहादुर  थिङ, सम्बुमाईला चेपाङ, ज्ञानकुमार चेपाङ र राज चेपाङलाई पक्राउ गरेको हो।

मकवानपुरबाट गाँजा ट्रकमा लुकाएर भारततर्फ लैजादै गरेका बेला उनीहरुलाई नियन्त्रणमा  लिएको प्रहरीले जनाएको छ। पक्राउ परेका चारै जनालाई थुनामा राखी अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell