PahiloPost

Mar 11, 2025 | २७ फागुन २०८१

कैलालीको मोहन्यालमा एमाले विजयी



रासस

कैलालीको मोहन्यालमा एमाले विजयी

धनगढी : कैलालीको पहाडी क्षेत्रको मोहन्याल गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेकपा एमाले विजयी भएको छ। 

अध्यक्षमा एमालेका नवलसिंह रावल एक हजार ९९८ मत र उपाध्यक्षमा पूजा बुढा दुई हजार ३३ मत प्राप्त गरी विजयी भए। 

भौगोलिक रुपमा बिकट उक्त क्षेत्रमा सञ्चार सम्पर्क हुन नसकेका कारण निर्वाचनसम्बन्धी विस्तृत विवरण प्राप्त हुन सकेको छैन। 

७ नं प्रदेशको एक मात्र उपमहानगरपालिका धनगढी–१का वडा अध्यक्षमा नेपाली कांग्रेसका सन्तोष मुडभरी र वडा नं १८ का अध्यक्षमा माओवादी केन्द्रका मुरारी अधिकारी विजयी भएका छन्। यस्तै वडा नं १९ को वडा अध्यक्षमा एमालेका तिलुराम चौधरी विजयी भएका छन्।

उपमहानगरको पछिल्लो मतपरिणामअनुसार प्रमुखमा कांग्रेसका नृप ओडले तीन हजार ४९७ प्राप्त गरेका छन्। उनलाई स्वतन्त्र उम्मेदवार गोपाल हमाल तीन हजार ८२ मतले पछ्याइरहेका छन्। एमालेका दुर्गाप्रसाद जोशीले दुई हजार ८५४ मत प्राप्त गरेका छन्। 

उपप्रमुखमा कांग्रेसकी सुशीला मिश्रले चार हजार नौ मत प्राप्त गर्दा एमाले उपप्रमुखकी प्रत्यासी रुक्मिणी देवकोटाले तीन हजार ५७८ मतले पछ्याइरहेकी छन्। कैलालीको लम्की चुहानगरको प्रमुखमा कांग्रेस र उपप्रमुखमा एमालेले अग्रता लिएका छन्। रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell