PahiloPost

Jun 20, 2025 | ६ असार २०८२

विराटनगर महानगरसहित मोरङका ७ नगरपालिकामा काङ्ग्रेस अगाडि



पहिलोपोस्ट

विराटनगर महानगरसहित मोरङका ७ नगरपालिकामा काङ्ग्रेस अगाडि

विराटनगरः विराटनगर महानगरपालिकामा नेपाली काङ्ग्रेसले आफ्नो अग्रता कायम राख्दै मतान्तर बढाउँदै लगेको छ। 

अन्य ८ नगरपालिकामध्ये ७ मा कांग्रेस र एमालेले एउटा वडामा मात्र अग्रता कायम गरेका गरेको छ।

महानगरको पछिल्लो परिणामअनुसार मेयरमा कांग्रेसका भीम पराजुलीले ३ हजार ९ सय ४६ मत प्राप्त गरेका छन्। एमालेका विनोद ढकालले २ हजार ८ सय ११ मत ल्याएका छन्।

त्यस्त,ै उपमेयरमा पनि काङ्ग्रेसकी इन्दिरा कार्की ३ हजार ४ सय १९ मतसहित अग्रस्थानमा छिन्। कार्कीलाई लोकतान्त्रिक फोरमकी सुची चौधरीले १ हजार ६ सय ४२ मतसहित पछ्याइरहेकी छन्। 

नेपाली काङ्ग्रेसले अग्रता हासिल गरेका नगरपालिकामा बेलबारी, लेटाङ, उर्लाबारी, रतुवामाई, रङ्गेली, सुन्दरहरैँचा र सुनबर्सी छन्। एमालेले पथरीशनिश्चरे नगरपालिकामा मात्र अग्रता कायम गरेको छ।

पथरीशनिश्चरेको प्रमुखमा एमालेका किशोर राईले ४ हजार ६  सय ५ र कांग्रेसका गणेश खड्काले २ हजार ३८ मत प्राप्त गरेका छन्। 

बेलबारी नगरप्रमुखमा नेपाली काङ्ग्रेसका राजकुमार लिम्बूले ४ हजार ६ सय ९८ र एमालेका ज्ञानेन्द्र सुवेदीले ४ हजार २ सय ९४ मत हासिल गरेका छन्।

त्यस्तै, लेटाङ नगरपालिकाको प्रमुखमा कांग्रेसका शङ्कर राईले ३ हजार ४ सय ७५ र एमालेका भूपेन्द्र लावतीले ३ हजार ४ सय २५ मत ल्याएका छन्।

उर्लाबारी नगरपालिकाको प्रमुखमा कांग्रेसका खड्ग फागोको ३ हजार ६ सय २९ र एमालेका भूपालमानसिंह राईको २ हजार ८ सय ७४ मत छ। 
रङ्गेलीको पछिल्लो परिणामअनुसार कांग्रेसका मोदराज घिमिरेले २ हजार ५ सय ५२ र माओवादी केन्द्रका  दिलीप अग्रवाल बगौडियाले २ हजार १ सय ६५ मत ल्याएका छन्। 

त्यस्तै, सुनबर्सी नगरपालिकामा कांग्रेसका कालीप्रसाद दासले २ हजार ४ सय ४८ र एमालेका मोहम्मद हसन इमामले १ हजार ९ सय ५४ मत प्राप्त गरेका छन्।

रतुवामाई नगरपालिकामा कांग्रेसका रबिन राईले ४ हजार ४ सय २६ र एमालेका टेकेन्द्र पोमुले ४ हजार ७ सय ५४ मत ल्याएका छन्। 
त्यस्तै सुन्दर हरैँचा नगरपालिकामा कांग्रेसका शिवप्रसाद ढकालले ९ हजार ११ र एमालेका केदार गुरागाईंले ८ हजार ३ सय ६० मत प्राप्त गरेका छन् । 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell