PahiloPost

Jun 22, 2026 | ८ असार २०८३

सिन्धुपाल्चोकको पोखरेबेसीमा बस दुर्घटना, ३० जना घाइते



रासस

सिन्धुपाल्चोकको पोखरेबेसीमा बस दुर्घटना, ३० जना घाइते

चौतारा : सिन्धुपाल्चोकको ठूलो सिरुवारीबाट काठमाडौँतर्फ गइरहेको बा२ख २७०२ नम्बरको बस चौतारा–बन्देउ सडक खण्डअन्तर्गत पोखरेबेसीमा दुर्घटना हुँदा ३० जना घाइते भएका छन्। घाइते मध्ये ६ जनाको अवस्था गम्भीर छ। 

प्रहरी नायव उपरीक्षक श्याम अधिकारीका अनुसार विपरीत दिशाबाट आइरहेको बा६४प ३०२६ नम्बरको मोटरसाइकललाई जोगाउन खोज्दा बस भिरमा खस्न पुगेको थियो। 

घाइते सबैको काभ्रेको धुलिखेल अस्पतालमा उपचार भइरहेको छ। बस चालकलाई नियन्त्रणमा लिई घटनाबारे अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ। रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell