PahiloPost

Jul 14, 2025 | ३० असार २०८२

मुचुल्का नभेटिएपछि धनगढी उपमहानगरमा मतगणना स्थगित



पहिलोपोस्ट

मुचुल्का नभेटिएपछि धनगढी उपमहानगरमा मतगणना स्थगित

धनगढीः धनगढी उपमहानगरपालिकामा मतगणना स्थगित भएको छ। निर्वाचन अधिकृतले जनशक्ति कम भएकाले मुचुल्का खोज्न नसकेको र पछि खोजेर दिने सहमति गरेपछि हिजो मतगणना सुरु भएको थियो।

तर, आज कुनै पनि मतपेटिकाको मुचुल्कानै दिन सक्दैनौ भनेपछि मतगणना स्थगित भएको हो। 

निर्वाचन आयोगले निर्णय नगरी मतगणना अगाडि नबढ्ने मेयरका स्वतन्त्र उम्मेदवार गोपाल हमालले बताए।

नेपाली कांग्रेसका मेयरका उम्मेदवार नृप वडले भने प्राविधिक कारणले मतगणना रोकिएको बताए। मुचुल्का नभेटिएकाले अहिले खोजी हुँदैछ। 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell