
ताप्लेजुङ : ताप्लेजुङको श्रीजङ्गा गाउँपालिकामा नेपाली कांग्रेस विजयी भएको छ भने याङ्वरक गाउँपालिकामा नेकपा एमाले विजयी भएको छ।
श्रीजङ्गाको अध्यक्षमा कांग्रेसका टीकाराम गुरुङ दुई हजार ३७८ मत ल्याई विजयी भए भने निकटतम प्रतिद्वन्द्वी एमालेका अनन्तबहादुर सावाले दुई हजार १४७ मत प्राप्त गरेका छन्। उपाध्यक्षमा कांग्रेसकी ज्ञानमाया चौहान दुई हजार १२६ मत ल्याई विजयी भइन् भने निकटतम प्रतिद्वन्द्वी एमालेकी लिलामाया तामाङले एक हजार ८३० मत प्राप्त गरिन्।
श्रीजङ्गाका पाँचवटा वडाध्यक्षमा कांग्रेस, दुईवटामा माओवादी केन्द्र र एउटामा एमाले विजयी भएको छ। कांग्रेसबाट वडा नं २ को वडा अध्यक्षमा लालकृष्ण चौहान, ५ मा पूर्णसिंह लिम्बु, ६ मा सुखराज लिम्बु, ७ मा नयाँनाथ तिवारी र ८ मा टसी लामा, माओवादी केन्द्रबाट वडा नं १ मा उर्मिला थेबे र ४ मा रुपदास भट्टराई तथा एमालेबाट ३ मा सन्तोष चामलिङ विजयी भएका छन्।
यसैगरी, याङ्वरक गाउँपालिकामा एमाले विजयी भएको छ। अध्यक्षमा केशर मेन्याङ्बो दुई हजार ५१७ मत ल्याई विजयी भएका छन्।
उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका राम कङ्लिवाले दुई हजार १८१ मत प्राप्त गरे। उपाध्यक्षमा एमालेकी रनमाया गुरुङ दुई हजार ४७४ मत ल्याई विजयी भइन् भने निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका नेत्र न्यौपाने एक हजार ५४७ मत प्राप्त गरे।
याङ्वरकको चारवटा वडा अध्यक्षमा एमाले र दुईवटामा कांग्रेस विजयी भएको छ। एमालेबाट वडाध्यक्षमा १ मा जिवनराज खिम्दिङ, २ मा ज्ञानसाद दाहाल, ५ मा तारामान साम्सोहाङ र ६ मा दुर्गा थेबे तथा कांग्रेसबाट वडा नं ३ मा भीम वस्नेत र ४ मा चन्द्रमान खोयाहाङ विजयी भएका छन्। रासस