PahiloPost

Jun 30, 2026 | १६ असार २०८३

अभिनेत्री शिल्पा पोखरेल बनिन् सशस्त्र प्रहरी



पहिलोपोस्ट

अभिनेत्री शिल्पा पोखरेल बनिन् सशस्त्र प्रहरी

काठमाडौं : फिल्म 'विरङ्गना' बन्ने भएको छ। आइतबार फिल्मको मुहुर्त सहित फिल्म क्रु बारे जानकारी दिइएको हो। रोमान्टिक एक्सन जानराको फिल्ममा महिला लडाकुको पेशागत एवम् प्रेम जीवनको कथा प्रस्तुत गर्ने बताइएको छ।

फिल्ममा मुख्य पात्र शिल्पा पोखरेल रहेकी छिन्। फिल्म घोषणाको अवसरमा उनी लडाकु बर्दिमै प्रस्तुत भइन्। उनी फिल्ममा सशत्र प्रहरीको रुपमा देखिन लागेकी हुन्। नेपालको सीमा क्षेत्रमा हुने अवैधानिक गतिविधि तथा अपराधिक क्रियाकलापलाई नियन्त्रण गर्न र सीमामा रहेका नेपालीहरुलाई शान्ति सरक्षाको प्रत्याभूति गर्न गराउन महिला प्रहरीले देखाउने वीरताको मुख्य विषय हो।



फिल्ममा शिल्पासँगै अनुप बिक्रम शाही, पृथ्वीराज प्रसाईं, धिरेन शाक्य, सुनिल दत्त पाण्डे, सुसिल पोखरेल, प्रिया रिजाल, किशोर झा, सपना श्रेष्ठ लगायतको अभिनय रहनेछ।

राजबहादुर सानेले निर्देशन गर्ने फिल्मलाई बाबुराम दाश, श्याम बहादुर थापा, रघु परियारले संयुक्त रुपमा निर्माण गर्न लागेका हुन्। निर्देशक राजबहादुर स्वयंमले लेखेको फिल्मलाई हरि घले लामाले खिच्नेछन्। फिल्ममा दिपक शर्मा र पुरुषोत्तम न्यापानेको संगीत रहनेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell