PahiloPost

Mar 11, 2025 | २७ फागुन २०८१

इजरायली पूर्वप्रधानमन्त्री अल्मर्ट जेलमुक्त



रासस

इजरायली पूर्वप्रधानमन्त्री अल्मर्ट जेलमुक्त
फोटो श्रोतः timesofisrael.com

इजरायल : इजरायलका पूर्वप्रधानमन्त्री एहुद अल्मर्ट आइतबार जेलमुक्त भएका छन्। उनलाई जमानीमा मुक्त गरिएको समाचारमा जनाइएको छ। उनी भ्रष्टाचारको मुद्दामा जेलमा थिए। 

जमानीमा मुक्त भएका उनको बाँकी जेल बस्नुपर्ने समयको एक तिहाइजति अवधिमा कटौती गरिएको बताइएको छ। 

उनी इजरायलका पूर्वप्रधानमन्त्रीको हैसियतमा जेलमा बस्ने पहिलो नेता हुन्। उनलाई मध्य इजरायलको मासियाहु जेलबाट मुक्त गरिंदा त्यहाँ ठूलो सङ्ख्यामा पत्रकारहरु उपस्थित भएका थिए। 

तर अल्मर्टले पत्रकारहरुलाई प्रतिक्रिया भ ने दिन मानेनन्। ७१ वर्षीय अल्मर्ट सन् २००६ देखि २००९ सम्म इजरायलको प्रधानमन्त्री भएका थिए। 

उनलाई सन् २०१६ को फेब्रुअरीमा जेल चलान गरिएको थियो। उनलाई अदालतले २७ महिनाको जेल जीवनको सजाय सुनाएको थियो। 

तर जेल बस्नुपर्ने बाँकी अवधिका लागि उनले अब घरमै बस्नेगरी जमानी प्राप्त गरेका छन्। 

जेल जीवनमा कटौती गरी थुनुवाहरुलाई केही समय मिनाहा दिने बोर्डले उनीमाथिको अपराध त्यति गम्भीर प्रकृतिको नरहेको र घरैमा बसेर पनि पुनस्र्थापना केन्द्र सरह व्यबहार र आचरणमा परिवर्तन ल्याउन आचरण सुधारका क्रियाकलाप गराउन सकिने भएकोले जमानीमा मुक्त गरिएको बताएको छ। रासस/एएफपी 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell