
बझाङ : छबिसपाथिभेरा र केदारस्युँ गाउँपालिकामा नेकपा एमाले तथा खप्तड छान्ना गाउँपालिकामा नेपाली कांग्रेस विजयी भएको छ ।
छबिसपाथिभेराको अध्यक्षमा एमालेका अक्कल धामी दुई हजार २८९ मत ल्याई विजयी भएका छन् भने निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका लोकेन्द्र धामीले एक हजार ७३२ मत प्राप्त गरे।
उपाध्यक्षमा एमालेकै राधिका रताला दुई हजार २२२ मत ल्याई विजयी भइन् भने निकटतम् प्रतिद्वन्द्वी माओवादी केन्द्रकी महेश्वरी ओझाले एक हजार ६८५ मत प्राप्त गरिन्।
यस्तै केदारस्युँ गाउँपालिकाको अध्यक्षामा एमालेका इन्द्र भण्डारी दुई हजार ८१५ मत ल्याई विजयी भएका छन् भने निकटतम प्रतिद्वन्द्वी कांग्रेसका रमेश भण्डारीले दुई हजार ३६२ मत प्राप्त गरे। उपाध्यक्षमा एमालेकी निशा धामी दुई हजार ६६९ मत ल्याई विजयी भइन्।
यसैगरी खप्पड छान्ना गाउँपालिकाको अध्यक्षमा कांगेसका बर्क रोकाया दुई हजार २७९ मत ल्याई विजयी भएका छन् भने निकटतम प्रतिद्वन्द्वी एमालेका निर्स रोकायाले दुई हजार ९६ मत प्राप्त गरे।
उपाध्यक्षमा एमालेकी पाओसरा थापा दुई हजार २५२ मतका साथ विजयी भइन् भने निकटतम प्रतिद्वन्द्वी कांग्रेसकी धिरा खत्रीले दुई हजार २५१ मत प्राप्त गरिन्।
बझाङको १२ स्थानीय तह मध्ये एक नगरपालिका र सात गाउँपालिकामा एमाले तथा कांग्रेस एक नगरपालिका र तीन गाउँपालिकामा विजयी भएको छ। रासस