PahiloPost

Sep 5, 2026 | २० भदौ २०८३

प्रजातान्त्रिक आन्दोलनका योद्धा गजुरेलको निधन



रासस

बर्दिवास : प्रजातान्त्रिक आन्दोलनका योद्धा धनुषाको मिथिला नगरपालिका–८ लालगढका विष्णुप्रसाद गजुरेलको ८७ वर्षको उमेरमा निधन भएको छ। 

महोत्तरीको बर्दिवास र धनुषाको मिथिला नगरपालिका क्षेत्रका सामाजिक काममा सक्रिय नेतृत्व दिँदै आएका गजुरेलको शनिबार साँझ आफ्नै निवासमा निधन भएको हो। 

गजुरेलको आज बिहान महोत्तरी र धनुषा जिल्लाको सीमा नदी रातु नदी किनारमा दाहसंस्कार गरिएको छ। गजुरेलको पार्थिव शरीरमा जेठा छोरा ध्रुव गजुरेलले दागबत्ती दिएका थिए। 

किशोरावस्थादेखि नै २००३ सालको जयतु संस्कृतम् आन्दोलन हुँदै २००७ सालको राणा शाहीविरुद्धको प्रजातान्त्रिक आन्दोलनमा होमिएका गजुरेल त्यसयता नेपाली कांग्रेसमा आबद्ध भइ लालगढमा कुष्ठरोग अस्पताल स्थापनासहितका यस क्षेत्रका सामाजिक कार्यमा क्रियाशील रहँदै आएका थिए। गजुरेलका चार छोरा र दुई छोरी छन्। रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell