PahiloPost

Jan 13, 2026 | २९ पुष २०८२

भोजपुरको साल्पासिलिछोमा कांग्रेस विजयी



रासस

भोजपुरको साल्पासिलिछोमा कांग्रेस विजयी

भोजपुर : भोजपुरको साल्पासिलिछो गाउँपालिका प्रमुखमा नेपाली कांग्रेसका महेश राई ६३ मत अन्तरले विजयी भएका छन्। 

जिल्लाकै दुर्गम गाउँपालिकाको रुपमा रहेको साल्पासिलिछोमा राई एक हजार ६७४ मत प्राप्त गरी विजयी भएका हुन् भने निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका खगेन्द्र राईले एक हजार ६११ मत प्राप्त गरेका छन्। 

उपप्रमुखमा भने एमालेकी धनमाया राई सङ्घीय समाजवादी र कांग्रेसको गठबन्धनलाई पछि पार्दै एक हजार ४७३ मत प्राप्त गरी विजयी भएकी छन्। उनका निकटतम प्रतिद्वन्द्वी वीरकुमार राईले एक हजार २८३ मत प्राप्त गरे। रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell