
बलिउड अभिनेता आमिर खान फिल्मको कथाले मागे अनुसार बन्न माहिर छन्। हरेक फिल्ममा फरक रुपमा देखिने उनले आफ्नो नयाँ फिल्मका लागि नाक र कान छेडेका छन्। 'ठग्स अफ हिन्दुस्तान'का लागि उनले आफ्नो लुक्स परिवर्तन गरेका हुन्।
खानले फिल्मकै लागि दुईवटै कान र नाकको देब्रेपट्टी छेडेर टप लगाएका छन्। दाहिने कानमा भने देब्रेको तुलनामा बढी प्वाल र गहना सार्वजनिक फोटोमा देख्न सकिन्छ। दंगलका लागि शारीरिक बनावटमा मात्र परिवर्तन ल्याएर साधारण रुपमा उनी प्रस्तुत भएका थिए।
एक महिना अघि नाक कान छेडेपनि उनको दुखाइ कम नभएको बिबिसी हिन्दीले जनाएको छ।