PahiloPost

Mar 11, 2025 | २७ फागुन २०८१

नवलपरासीका पाँच स्थानको नतिजा सार्वजनिक



रासस

नवलपरासीका पाँच स्थानको नतिजा सार्वजनिक

नवलपरासी : नवलपरासीमा दुई स्थानमा नेपाली कांग्रेस र एक÷एक स्थानमा क्रमशः नेकपा एमाले, नेकपा माओवादी केन्द्र र लोकतान्त्रिक फोरम विजयी भएको छ। 

सुनवल नगरपालिका र प्रतापपुर गाउँपालिकामा कांग्रेस, सुस्ता गाउँपालिकामा एमाले, पाल्हीनन्दन गाउँपालिकामा माओवादी केन्द्र र सरावल गाउँपालिकामा फोरम लोकतान्त्रिक विजयी बनेको हो । 

नवलपरासीमा कुल सातवटा स्थानीय तहमध्ये बर्दघाट र रामग्राम नगरपालिकाबाहेक अन्य सबै स्थानमा मतगणना सम्पन्न भएको छ। 

पाल्हीनन्दन गाउँपालिकामा माओवादी केन्द्रका बैजुप्रसाद गुप्ता चार हजार ८६५ मत प्राप्त गरी विजय भएका छन् भने निकटतम प्रतिद्वन्द्वी कांग्रेसका राजेन्द्रकुमार सहानीले चार हजार ३९४ मत प्राप्त गरेका छन्।

यसैगरी उपाध्यक्ष पदमा कांग्रेसकी उम्मेदवार पवित्राकुमारी कोहाँर तीन हजार ९१७ मत प्राप्त गरी विजयी भइन् भने निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रकी अष्टबुजी चौधरीले तीन हजार ७३५ मत प्राप्त गरिन्। 

सरावल गाउँपालिकामा फोरम लोकतान्त्रिकका उम्मेदवार राधेश्याम चौधरी पाँच हजार ४५ मत प्राप्त गरी विजयी भएका छन् भने प्रतिद्वन्द्वी कांग्रेसका प्रदीपकुमार अग्रहरीले तीन हजार ९१६ मत प्राप्त गरे।

यसैगरी उपाध्यक्षमा कांग्रेसकी उत्तमा कुमारी राय चार हजार ४५८ मत प्राप्त गरी विजयी भइन् भने निकटतम प्रतिद्वन्द्वी फोरम लोकतान्त्रिककी सुनिता हरिजनले चार हजार ३४३ मत प्राप्त गरिन्। 

यता सुनवल नगरपालिकाको प्रमुखमा  कांग्रेसका भीमबहादुर थापा नौ हजार ९०७ मत प्राप्त गरी विजयी भएका छन् भने निकटतम प्रतिद्वन्द्वी एमालेकी विमला अर्यालले नौ हजार १८२ मत प्राप्त गरिन्। 

यसैगरी उपप्रमुखमा एमालेका र ददीराम अर्याल नौ हजार ९१० मत प्राप्त गरी विजयी भए भने निकटतम प्रतिद्वन्द्वी कांग्रेसकी तारादेवी भण्डारीले आठ हजार ५५४ मत प्राप्त गरिन्। 

प्रतापपुर गाउँपालिकामा कांग्रेस र सुस्ता गाउँपालिकामा एमाले विजयी भएका छन्। प्रतापुरमा नेपाल लोकतान्त्रिक फोरमका खेमनारायण चौधरीलाई ७०९ मतले पराजित गर्दै कांग्रेसका राजकुमार शर्मा अध्यक्षमा विजयी भए। शर्माको चार हजार ४३६ र चौधरीको तीन हजार ७२७ मत छ । 

उपाध्यक्षमा पनि कांग्रेस विजयी भएको छ। फोरमकी गुनकुमारी थारुलाई एक हजार ४०५ मतले हराउँदै कांग्रेसकी अञ्जुकुमारी चौधरी विजयी भइन्। चौधरीको चार हजार ४८६ र थारुको तीन हजार ८१ मत छ। 

यसैगरी सुस्ता गाउँपालिकामा कांग्रेसका हसमुद्दिन शेखलाई ५५३ मतले पराजित गर्दै एमालेका रामप्रसाद पाण्डेय वडा अध्यक्षमा विजयी भएका छन्। पाण्डेयको तीन हजार ५११ र शेखको दुई हजार ९५२ मत छ। 

त्यसैगरी, उपाध्यक्षमा एमालेकी इन्द्रकुमारी थरुनीले कांग्रेसकी विमला ढुङ्गानालाई ७२९ मतले पराजित गर्नुभएको छ । थारुको तीन हजार ५६५ छ भने ढुङ्गानाको दुई हजार ८३६ मत छ। रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell