PahiloPost

Mar 11, 2025 | २७ फागुन २०८१

नेपाली र भारतीय पर्यटन व्यवसायीबीच पटनामा अन्तक्र्रिया



रासस

पोखरा : भारतीय पर्यटकलाई नेपाल भ्रमणको निम्ता दिन बिहारको राजधानी पटना पुगेको नेपाली पर्यटन व्यवसायीको टोलीले त्यहाँका पर्यटन व्यवसायी तथा सञ्चारकर्मीसँग अन्तक्र्रिया गरेको छ। 

पश्चिमाञ्चल होटल सङ्घको आयोजना तथा नेपाल पर्यटन बोर्डको सहयोगमा असार १६ गतेबाट ‘चलिए पोखरा’ अभियान सुरु गरिएको थियो । औपचारिक रुपमा छवर्ष अघि सुरु भएको यो अभियान यसपटक असार २० गते सम्पन्न हुनेछ। 

‘बोर्डर टाउन सेल्स मिसन’ नाम दिइएको अभियानमा पोखरा र लुम्बिनी क्षेत्रका पर्यटन व्यवसायी, बोर्डका अधिकारी र सञ्चारकर्मी गरी ३० जना सहभागी छन्। आज उत्तर प्रदेशको लखनउमा भ्रमण टोलीले अन्तक्रिया गर्ने सङ्घका अध्यक्ष विकल तुलाचनले जानकारी दिए। 

गोरखपुरमा अन्तिम कार्यक्रम आयोजना गरिने छ। विनाशकारी भूकम्प, नाकाबन्दी, नोटबन्दी तथा तराई आन्दोलनबाट नराम्रो गरी प्रभावित भएको पर्यटन क्षेत्रलाई उकास्न यो अभियानले सघाउने विश्वास गरिएको छ। 

पोखरा र यस वरपरका पर्यटकीय गन्तव्यलाई भारतीय सहरमा प्रचार गर्नु र भारतीय पर्यटकलाई विशेष प्याकेजका साथ पोखरा भ्रमणका लागि निम्तो दिनु अभियानको उद्देश्य रहेको सङ्घका महासचिव गणेशराज पहारीले जानकारी दिए। पत्रकार सम्मेलन र द्विपक्षीय व्यापारिक भेटघाट कार्यक्रमका साथ प्रचारात्मक गतिविधि अगाडि बढाउने योजना अभियानले समेटेको छ। रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell