PahiloPost

Jul 29, 2026 | १३ साउन २०८३

त्रिशूलीमा खसेका व्यक्तिको यसरी गरियो उद्दार



रासस

चितवन : चितवनको इच्छाकामना गाउँपालिका–५ स्थित मुग्लिन नजिकै सडकबाट त्रिशूली नदीमा खसेर बेपत्ता भएका एक व्यक्तिको सकुशल उद्दार गरिएको छ। 

प्रहरी उपरीक्षक दीपक थापाका अनुसार नदी किनारमा ढुङ्गाको च्यापमा अड्किएको अवस्थामा उनलाई उद्दार गरिएको हो। 

विवाहका लागि काठमाडौंबाट नवलपरासीको दलदले आउँदै गरेको लु १ ख ९८८१ नम्बरको गाडीमा सवार नवलपरासी देवचुलीका ४५ वर्षीय रञ्जन चापागार्इं सडक छेउबाट चिप्लिएर त्रिशूलीमा खसेको जानकारी आएपछि प्रहरीले खोजी सुरु गरेको थियो। 

बिहान ५ बजेर ४५ मिनेटमा लडेका उनको करिब साढे आठ बजे उद्दार गरिएको मुग्लिन प्रहरीले जनाएको छ। उनको अवस्था सामान्य छ। जाम परेर गाडी रोकिएका बेला बाहिर निस्किएका उनी सडक छेउबाट चिप्लिएर लडेका थिए। अग्लो भिर रहेकाले डोरीको सहायतामा प्रहरीले उनको उद्दार गरेको हो। रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell