PahiloPost

Nov 11, 2025 | २६ कात्तिक २०८२

कपिलवस्तुको यशोधरा गाउँपालिकामा कांग्रेस विजयी



रासस

कपिलवस्तुको यशोधरा गाउँपालिकामा कांग्रेस विजयी

कपिलवस्तु : कपिलवस्तुको यशोधरा गाउँपालिकामा प्रमुख र उपप्रमुख दुवैमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन्। 

मतगणनाको अन्तिम मतपरिणामअनुसार कांग्रेसका प्रमुख पदका उम्मेदवार गिरिजेशकुमार पाण्डेयले तीन हजार २७५ र उनका निकटम प्रतिद्वन्द्वी स्वतन्त्र उम्मेदवार रामदेव कलवारले तीन हजार १५५ मत प्राप्त गरेका छन्। 

यसैगरी उपप्रमुखमा कांग्रेसकी कन्यावती उपाध्याय दुई हजार ९५७ मत प्राप्त गरी विजयी भएकी छन् भने निकट प्रतिद्वन्द्वी सङ्घीय समाजवादी फोरम नेपालकी राजमति यादवले एक हजार ७०९ मत प्राप्त गरेकी छन्। रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell