PahiloPost

Jun 30, 2026 | १६ असार २०८३

अब लाइसेन्स प्राप्त गर्न ‘रोड टेष्ट’ पनि पास गर्नुपर्ने 



पहिलोपोस्ट

अब लाइसेन्स प्राप्त गर्न ‘रोड टेष्ट’ पनि पास गर्नुपर्ने 

काठमाडौः सवारी चालक अनुमतिपत्र (लाइसेन्स) लिनका लागि अव रोड टेष्टसमेत पास गर्नुपर्ने भएको छ। यसअघि लिखित र ट्रायल पास भएकाले लाइसेन्स लिंदै आएका थिए। 

महानगरीय ट्राफिक प्रहरी महाशाखा र यातायात व्यवस्था विभागको सहमतिमा यस्तो नियम लागू गर्न लागेको महाशाखाका प्रमुख डिआइजी मिङमार लामाले जानकारी दिए।

 आइतबार पत्रकार सम्मेलनमा गर्दै लामाले भने,‘लाइसेन्स प्राप्त चालकलाई अनुभवी र दक्ष बनाउनका लागि यस्तो नियम ल्याउन लागेका हौं।’

रोड पास भएपछि चालकले पुनः एक घण्डा ट्राफिक नियमसम्वन्धी कक्षासमेत लिनुपर्नेछ। परिवर्तन गर्न लागेको नियम कहिलेबाट लागू हुने भन्ने विषयमा गृहकार्य भइरहेको लामाले बताए।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell