PahiloPost

Jul 29, 2026 | १३ साउन २०८३

अफगानिस्तानमा आइएसद्वारा १० तालिवान लडाकुको घाटी रेटेर हत्या



रासस

अफगानिस्तानमा आइएसद्वारा १० तालिवान लडाकुको घाटी रेटेर हत्या

अफगानिस्तान : तालीवान लडाकुको आक्रमणमा परी अफगानिस्तानको उत्तरी बल्ख प्रदेशमा सरकार समर्थक १३ जना लडाकु मारिएका छन्। 

तालिवानहरुले थापेको विद्युतीय धरापमा परी उनीहरु मारिएका प्रदेश सरकारका प्रवक्ताले जानकारी दिएका छन्। आक्रमणको तालिवान लडाकूहरुले जिम्मेवारी लिएका छन्। 

त्यसैगरी अर्को एक समाचारअनुसार अफगानिस्तानकै उत्तरी क्षेत्रमा पर्ने जावजान प्रान्तमा तालिवान लडाकूप्रति केही नरम रहेको भनिएको इस्लामिक स्टेटले तालिवान समूहका १० जना लडाकूको शिर छेदन गरिदिएको छ। 

स्थानीय डेलि विसा नामक पत्रिकाले आइतबार प्रकाशन गरे अनुसार आइएस लडाकूले डार्जाव जिल्लाको अक्बालाक गाउँलाई बुधबार नियन्त्रणमा लिएर १० जना तालिवान लडाकूलाई अपहरण गरेका थिए। उनीहरुको शुक्रबार शिर छेदन गरेर हत्या गरिएको समाचारमा जनाइएको छ। 

डार्जाब जिल्लालाई आफ्नो नियन्त्रणमा लिनका लागि तालिवान र आइएस लडाकूहरुकाबीचमा विगत केही हप्तादेखि भिडन्त भइरहेको छ। यो घटनाका बारेमा अहिले सम्म तालिबान र आइएस समूहले केही बताएका छैनन्। रासस/सिन्ह्वा 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell