PahiloPost

Jun 20, 2025 | ६ असार २०८२

एसियाली एथलेटिक्स च्याम्पियनसिपमा नेपालबाट ५ खेलाडीले प्रतिस्पर्धा गर्ने



पहिलोपोस्ट

एसियाली एथलेटिक्स च्याम्पियनसिपमा नेपालबाट ५ खेलाडीले प्रतिस्पर्धा गर्ने

काठमाडौं : भारतको उडिसास्थित भुवनेश्वरमा हुने २२औं एसियाली एथलेटिक्स च्याम्पियनसिपमा नेपालबाट ५ खेलाडीले प्रतिस्पर्धा गर्ने भएका छन्।

जुलाई ७ देखि ९ तारिखसम्म हुने प्रतियोगितामा नेपालबाट २ पुरुष र ३ महिला गरी ५ खेलाडीले विभिन्न ९ स्पर्धामा प्रतिस्पर्धा गर्नेछन्।

पुरुषको ५ हजार र १० हजार मिटर दौडमा गोपीचन्द्र पार्की तथा ४ सय र ८ समय मिटर दौडमा सोमबहादुर कुमालले प्रतिस्पर्धा गर्नेछन्। यस्तै महिलामा ओलम्पियन सरस्वती भट्टराईले ८ सय र १५ सय मिटर, केशरी चौधरीले लङजम्प र ट्रिपलजम्प तथा चन्द्रकला लाम्गादेले ज्याभ्लिन र सटपुटमा भाग लिनेछन्।

प्रतियोगितामा सहभागी हुने पाँच खेलाडीसहित ७ सदस्यीय टोलीलाई आइतबार राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव केशवकुमार विष्टले त्रिपुरेश्वरमा बिदाइ गरियो।

नेपाली टिम व्यवस्थापकमा नेपाल एथलेटिक्स संघका सचिव आरके विष्ट तथा प्रशिक्षकमा विमला राना मगर छन्। प्रतियोगितामा विभिन्न ४५ राष्ट्रका ८ सय खेलाडीको सहभागिता रहने सचिव विष्टले जानकारी गराए। टोली मंगलबार भारत जाने कार्यक्रम छ।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell