काठमाडौं : आज जुलाई २, हरेक वर्ष जस्तै यो वर्ष पनि नेपाली खेलकुद पत्रकारिताको छाता संगठन नेपाल खेलकुद पत्रकार मञ्च (एनएफजेएफ)ले विश्व खेलकुद पत्रकार दिवस मनाएको छ। मञ्चले आइतबार त्रिपुरेश्वरस्थित केन्द्रिय कार्यालयमा नेपालमा खेलकुद पत्रकारिता र यसको चुनौती विषयमा अन्तर्क्रिया समेत गर्यो।
विश्व खेलकुद पत्रकारको सर्वोच्च संस्था एआइपिएस स्थापना भएको ९३औं वर्षको अवसरमा विश्व खेलकुद दिवस संसाभर मनाइएको हो। यो दिवस भने सन् १९९४ बाट मनाउन थालिएको हो। नेपाल सन् २००६ मा एआइपिएसको सदस्य बनेको थियो।
कार्यक्रममा वक्ताहरुले नेपालमा ठूला खालका खेलकुद गतिविधी धेरै हुन नसकेकै कारण खेलकुद पत्रकारिता पनि सोचेजस्तो रुपमा अगाडी बढ्न नसकेको बताए। जसका कारण राष्ट्रिय भन्दा अन्तर्राष्ट्रिय खेलकुदलाई नै बढी जोड दिनुपरेको उनीहरुको भनाइ थियो।
बाह्रखरी डट कमका सम्पादन प्रतिक प्रदान, द हिमालयन टाइम्सका सम्पादक प्काश रिमाल र जनता टेलिभिजनका लक्षमण हुमागाँईले आ-आफ्नो धाराण राखेका थिए।
यस्तै कार्यक्रममा मञ्चका प्रथम उपाध्यक्ष दुर्गानाथ सुवेदीले एआइपिएसका अध्यक्ष इटलीका जियानी मिर्लोले पठाएको पत्र वाचन गरेका थिए।