PahiloPost

Jun 20, 2025 | ६ असार २०८२

बसुन्धाराको जेब्रा क्रसिङमा किशोरीलाई 'स्पट डेथ'मा पुर्‍याउने चालक जेल चलान



पहिलोपोस्ट

बसुन्धाराको जेब्रा क्रसिङमा किशोरीलाई 'स्पट डेथ'मा पुर्‍याउने चालक जेल चलान

काठमाडौं : पैदलयात्री रविना चौधरीलाई जेब्रा क्रसिङमै ठक्कर दिने बस चालक जेल चलान भएका छन्। बसुन्धरा चोकमा जेब्राक्रसबाट सडक पार बसको ठक्करमा परेकी १९ वर्षीया चौधरीको घटनास्थलमै मृत्यु भएको थियो। 

जेठ २२ गते बिहान सडक पार गरिरहेकी सुनसरीकी चौधरीलाई  ना ४ ख ४२६२  नम्बरको भाडा बसले ठक्कर दिँदा घटनास्थलमै मृत्यु भएको थियो। २४ वर्षीय चालक विनय तामाङलाई  यातायात व्यवस्था ऐन २०४९ को दफा १६१ '२'  बमोजिम सवारी ज्यान मुद्दामा केन्द्रीय कारागार सुन्धारा पठाइसकेको महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख डिआइजि मिङमार लामाले बताए। उनले भने, 'काठमाडौं जिल्ला अदालतले सवारी ज्यान मुद्दामा पुर्पक्षका लागि जेल चलान गरेको हो।'
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell