PahiloPost

Mar 11, 2025 | २७ फागुन २०८१

प्यूठानमा कांग्रेस र एमाले तीन/तीन, राजमो दुई तहमा विजयी



रासस

प्यूठानमा कांग्रेस र एमाले तीन/तीन, राजमो दुई तहमा विजयी

प्यूठान : स्थानीय तह दोस्रो चरणको निर्वाचनमा जिल्लाको नौवटा मध्ये आठवटा तहको परिणाम सार्वजनिक भएको छ। नेपाली कांग्रेस र नेकपा एमाले तीन/तीन तथा राष्ट्रिय जनमोर्चा दुईवटामा विजयी भएको छ। 

कांग्रेस गौमुखी, नौबहिनी र ऐरावती गाँउपालिकामा, एमाले स्वर्गद्वारी नगरपालिका, माण्डवी गाँउपालिका र सरुमारानी गाँउपालिका तथा राष्ट्रिय जनमोर्चा झिमरुक र मल्लरानी गाउँपालिकामा विजयी भएको छ। 

गौमुखी गाँउपालिकाको अध्यक्षमा कांग्रेसका विष्णुकुमार गिरी तीन हजार ७४२ मत ल्याई विजयी भएका छन्। उनका निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्र र राजमोका संयुक्त उम्मेदवार विदुर मल्लले दुई हजार ५७४ मत प्राप्त गरे।

उपाध्यक्षमा कांग्रेसकी तुल्सी सुनार तीन हजार ९० मतसहित विजयी भइन् भने निकटतम प्रतिद्वन्द्वी एमालेकी ज्ञानुमाया केसीले दुई हजार ६२७ मत प्राप्त गरिन्। 

यस्तै, नौबहिनी गाउँपालिकाको अध्यक्षमा कांग्रेसका शिव रिजाल पाँच हजार ७३५ मत ल्याई विजयी भए भने निकटतम प्रतिद्वन्द्वी एमाले र राजमोका संयुक्त उम्मेदवार डिलाबहादुर थापाले चार हजार ७७५ मत प्राप्त गरे।

उपाध्यक्षमा माओवादी केन्द्र र कांग्रेसका संयुक्त उम्मेदवार घनबहादुर बुढा पाँच हजार २०५ मत ल्याई विजयी भए। निकटतम प्रतिद्वन्द्वी एमाले र राजमोका संयुक्त उम्मेदवार रामबहादुर केसीले तीन हजार ७२५ मत प्राप्त गरे। 

यसैगरी, ऐरावती गाउँपालिकाको अध्यक्षमा कांग्रेसका नविलविक्रम शाह दुई हजार ४९० मत ल्याई विजयी भए भने निकटतम प्रतिद्वन्द्वी एमाले र माओवादी केन्द्रको संयुक्त उम्मेदवार टिकाबहादुर गुरुङले दुई हजार ४७४ मत प्राप्त गरे। उपाध्यक्षमा माओवादी केन्द्रका बुद्धबहादुर वस्नेत दुई हजार १९९ मत ल्याई विजयी भए। 

यसैगरी स्वर्गद्वारी नगरपालिकाको नगर प्रमुखमा एमालेका नेत्रबहादुर रोकाय चार हजार ५९८ मत ल्याई विजयी भए भने निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्र र राजमोका संयुक्त उम्मेदवार वीरबहादुर पुनले तीन हजार ६४५ मत प्राप्त गरे।

उपप्रमुखमा एमालेकी गोमा रेग्मी चार हजार ४५८ मत ल्याई विजयी भइन् भने निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रकी दुर्गा रेग्मीले तीन हजार ३७० मत प्राप्त गरिन्। 

माण्डवी गाउँपालिकाको अध्यक्षमा एमालेका श्रीधर रोकाय एक हजार ७५३ मत ल्याई विजयी भए भने निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका नवराज अधिकारीले एक हजार ७४१ मत प्राप्त गरे।

उपाध्यक्षमा माओवादी केन्द्रकी मुगा पुन एक हजार ८३५ मत ल्याई विजयी भइन् भने निकटतम प्रतिद्वन्द्वी एमालेकी सम्झना घर्तीले एक हजार ७६९ मत प्राप्त गरिन्। 

सरुमारानी गाउँपालिकाको अध्यक्षमा एमालेका झगबहादुर विश्वकर्मा तीन हजार ६७७ मत ल्याई विजयी भए भने निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका दोरबहादुर दर्लामी मगरले दुई हजार २४१ मत प्राप्त गरे। उपाध्यक्षमा एमालेकी मीना सोमै तीन हजार ६८० मत ल्याई विजयी भइन्। 

यस्तै, झिमरुक गाउँपालिकाको अध्यक्षमा राजमोका तिलक जिसी तीन हजार ६६० मत ल्याई विजयी भए भने निकटतम प्रतिद्वन्द्वी पितबहादुर एमसीले दुई हजार ७८२ मत ल्याए।

उपाध्यक्षमा राजमोकी पवित्रा जिसी तीन हजार ७७९ मत ल्याई विजयी भइन् भने निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रकी राधा जिसीले दुई हजार ५२६ मत प्राप्त गरिन्। 

मल्लरानी गाउँपालिकाको अध्यक्षमा राजमोका अम्मरध्वज राना विजयी भए। उनले एमालेका इमानसिंह भारतीलाई पराजित गरे। उपाध्यक्षमा राजमोकै सरीता जिसी विजयी भइन्। उनले एमालेकी सरस्वती पोखरेललाई पराजित गरिन्। 

प्यूठान नगरपालिकाको मतगणना जारी छ। हाल सम्म गणना भएको चारवटा वडामा एमाले, राजमो, कांग्रेस र माओवादी केन्द्र एक÷एक वटा वडाध्यक्षमा विजयी भएका छन्। रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell