PahiloPost

Jun 20, 2025 | ६ असार २०८२

राजधानी छिर्ने 'हिलो र धुलोले छोपिएका गाडी'लाई ट्राफिकले धोइदिने



पहिलोपोस्ट

राजधानी छिर्ने 'हिलो र धुलोले छोपिएका गाडी'लाई ट्राफिकले धोइदिने

काठमाडौः हिलो र धुलो भएर अब सवारीसाधन राजधानी भित्रिन नपाउने भएका छन्। काठमाडौं महानगरपालिका र ट्राफिक प्रहरीको समन्वयमा यस्तो नियम ल्याउन लागिएको हो। 

महानगरीय ट्राफिक महाशाखाका प्रमुख डिआइजी मिङमार लामाले राजधानी भित्रिने सवारीले शहरको सुन्दरतामा असर पार्ने भएकाले केही समयमा नै यस्तो नियम ल्याउने गृहकार्य भइरहेको जानकारी दिए। 

उनले हिलो र धुलो बोकेर आउने सवारी साधनहरुलाई नाका छिर्ने बेलामा धुने व्यवस्थासमेत मिलाउने बताए। 

उपत्यका भित्रिने ४ वटा नाका नागढुंगा, फर्पिङ, जगाते र मुड्खुमा 'वास सेन्टर' राख्ने तयारीसमेत भइरहेको जानकारी दिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell