PahiloPost

Apr 29, 2025 | १६ बैशाख २०८२

बस र ट्रक ठोक्किदा रसियामा १३ जनाको मृत्यु, १२ घाइते



रासस

बस र ट्रक ठोक्किदा रसियामा १३ जनाको मृत्यु, १२ घाइते
फोटो श्रोतःndtv.com

रसियाः रसियाली सहर जाइन्स्कमा एउटा बस र ट्रकसँग ठोक्किदा कम्तीमा १३ जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन्। 

जम्मा २८ जना यात्रु लिएर गुडिरहेको बस ट्रकसँग ठोक्किएपछि सडकमा पल्टिएको र बसमा आगलागी भएको थियो। 

आगोले जलेर दुई बालबालिकासहित १३ जनाको घटनास्थलमा नै मृत्युभएको मध्य रसियाको क्षेत्रीय स्वास्थ्य मन्त्रालयका प्रवक्तालाई उद्धृत गर्दै रसियाली समाचार संस्था स्पुटनिक न्युज एजेन्सीले जनाएको छ।  

घाइते भएका १२ जनालाई नजिकैको अस्पतालमा उपचारका लागि पठाइएको मन्त्रालयले जनाएको छ। रासस/ सिन्ह्वा 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell