काठमाडौं : नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य लिटरमा २/२ रुपैयाँ कटौती गरेको छ। दुई साताअघिमात्रै मूल्य घटाएको निगमले फेरि थप दुई रुपैयाँ कम गरेको हो। हवाई इन्धनको मूल्य भने ४ रुपैयाँ कम गरिएको निगमले जनाएको छ।
ग्यासको मूल्य पनि २५ रुपैयाँ प्रतिसिलिन्डर घटाइएको छ। अब ग्यासको मूल्य १३ सय ५० पर्नेछ।
निगमका प्रवक्ता सीताराम पोखरेलका अनुसार मूल्य घटाउँदा पनि निगमले मासिक ४० करोड नाफा कायम गरेको छ।