PahiloPost

May 1, 2026 | १८ बैशाख २०८३

विराटनगर महानगरमा २ घण्टाका लागि मतगणना स्थगित



पहिलोपोस्ट

विराटनगर महानगरमा २ घण्टाका लागि मतगणना स्थगित

विराटनगरः विराटनगर महानगरपालिकामा दुई घण्टाका लागि मतगणना स्थगित गरिएको छ।

मुख्य निर्वाचन अधिकृत विनोद पोखरेललाई दलहरुले मतगणना व्यवस्थित बनाउन भन्दै घेराउ गरेपछि दुई घण्टाका लागि मतगणना स्थगित गरिएको हो। दलहरुको आग्रहपछि मुख्य निर्वाचन अधिकृत पोखरेलले व्यवस्थित बनाउन दुई घण्टाको समय मागेका छन्।

त्यसपछि साँझ ६ बजेदेखि मतगणना स्थगित भएको छ। मतगणना ढिलो भएको भन्दै दलहरुले छिटो मतगणना गर्न माग गर्दै आएका छन्।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell